संसद् बैठक अपरान्ह ४ बस्ने
काठमाडाैं | जेठ ३, २०८१
काठमाडौं: मुख्य प्रतिपक्षी नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ ।
सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफल भएसँगै बैठकको समय धकेलिएको हो । यसअघि प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि निर्धारण गरिएको थियो ।
यो पनि पढ्नुहोस
सभामुखको सचिवालयका अनुसार सहमति जुट्ने सम्भावना नदेखिएपछि बैठक अपरान्हसम्मलाई सारिएको हो ।
यसअघि सभामुख घिमिरेले संसद्को अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग टेलिफोनमा कुराकानी गरेका थिए ।
उक्त कुराकानीका क्रममा प्रधानमन्त्रीले कांग्रेससँग सहमति प्रयास भइरहेको बताएका थिए । तर प्रधानमन्त्रीले भने जस्तो सहमति हुन सकेन।
कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति बने मात्रै संसद् अघि बढ्न सक्ने अडान लिएको छ ।
कांग्रेसको अडानका कारण जेठ १ मा राष्ट्रपतिले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रम पनि संसद्मा टेबल हुन सकेको छैन । अर्कातिर जेठ १५ मा बजेट ल्याउने तयारी भइरहँदा संसद् खुल्ने सम्भावना पनि देखिएको छैन ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...


